२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङमा पहिरोले बगाउँदा दुई जना बेपत्ता



काठमाडौं। ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् ।

राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए ।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ । नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

प्रकाशित मिति : २०७९, ३ असार शुक्रबार ००:००  १० : ५१ बजे