२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कवाड खोज्न नदीमा गएका वृद्धको बाढीले बगाएर मृत्यु



काठमाडौं। बुटवलको तिनाउ नदीमा कवाड संकलन गर्न गएका एक वृद्धको बाढीले बगाएर मृत्यु भएको छ ।

बुटवलको बुद्धनगरमा नदीको बीच भागमा रहेकै बेला पाल्पातर्फबाट एक्कासी बाढी आएर बगाएपछि बुटवल–११ बुद्धनगरका ६४ वर्षीय किशोर बहादुर नेपालीको मृत्यु भएको हो ।

बाढीले बगाएर मृतक नेपालीको शवलाई बुटवलकै प्रगतिनगरमा पर्ने नदीबाट सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेस बुटवलका सशस्त्र प्रहरी सहायक निरीक्षक नारायण अर्यालको कमाण्डमा खटिएको टोलीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

मृतकको घर पाल्पा भए पनि उनी केही समयदेखि बुटवलको सुकुम्बासी बस्ती बुद्धनगरमा बस्दै आएका थिए।

प्रकाशित मिति : २०७९, ६ असार सोमबार ००:००  २ : ०१ बजे