२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाञ्चल प्रदेशमा केबलकार रोकिंदा फसे १५ पर्यटक, उद्धार जारी



काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा केबलकार बिग्रिएपछि १५ जना पर्यटक अड्किएका छन् । उनीहरुको उद्धारको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको बरबानु भन्ने स्थानमा रहेको टीम्बर ट्रेलमा खराबी आएपछि केबरकारमा सवार पर्यटक अड्किएका हुन् । अहिलेसम्म ९ जनाको उद्धार भइसकेको र बाँकीको उद्धारको काम जारी रहेको समाचारमा उल्लेख छ ।

सोमबार साढे १ बजे केबलकार अड्किएको थियो । उनीहरुलाई रेस्क्यू ट्रली पठाएर उद्धारको काम भइरहेको छ ।

सो केबलकारमा यसअघि सन १९९२ मा समेत यस्तै घटना भएको थियो । सो समयमा १० जना मानिसलाई उद्धार गर्न ३ दिनको समय लागेको थियो । त्यसक्रममा एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७९, ६ असार सोमबार ००:००  ५ : ०२ बजे