२०८२, ३१ असार मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामायण यात्राका लागि आज जनकपुर आउँदैछ भारतीय रेल, मुख्यमन्त्रीले स्वागत गर्ने



काठमाडौं। नयाँ दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेशनमा आइपुग्ने छ।

६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे १ बजे भारतीय रेल आइपुग्ने मधेश प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री शधुधन महतोले जानकारी दिए।

उनका अनुसार पर्यटकलाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीलगायत विशिष्ट व्यक्ति रेल्वे स्टेशन पुग्नेछन्। त्यहाँबाट पर्यटकलाई होटेलसम्म पुर्‍याइनेछ। खाना खाएपछि उनीहरूलाई जानकी मन्दिर दर्शन गराइनेछ।

पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम राखिएको छ। उनीहरूलाई साँझ जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइनेछ। भोलि धनुषाधाम दर्शनपछि पर्यटक फर्किने कार्यक्रम रहेको मन्त्री महतोले बताए।

परराष्ट्र मन्त्रालयबाट आएको पत्रअनुसार पर्यटक लक्षित गरी नेपाल भारत सीमा र जनकपुरमा विशेष सुरक्षा अपनाइएको छ।

भारतका रेल र पर्यटन मन्त्रीले मंगलबार साँझ ७ बजे संयुक्त रूपमा नयाँदिल्लीबाट जनकपुर प्रस्थान गरेका रेल बिदाइ गरेका थिए। १४ डिब्बा रहेको उक्त रेलको प्रत्येक बोगीमा भारतीय कला, संस्कृति, परम्परा, सम्पदालगायत चित्र छन्।

प्रकाशित मिति : २०७९, ९ असार बिहीबार ००:००  ११ : ०९ बजे