२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने



काठमाडौं। काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

स्रोत घरमानै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले बताएको छ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।

\

प्रकाशित मिति : २०७९, ९ असार बिहीबार ००:००  ११ : १६ बजे