२०८२, ९ श्रावण बिहीबार | Thu Jul 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान्सर पीडित तामाङलाई भेटे प्रचण्डले, उपचारमा सहयोगको लागि पहल गर्ने आश्वासन



काठमाडौं। क्यान्सर पीडित शम्भु तामाङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमै पुगेर भेटेका छन्।

कम उमेरमा सगरमाथाको आरोहण गरेर उनले कीर्तिमानी कायम गरेका तामाङलाई प्रचण्डले आज बिहान ललितपुरको हरिसिद्धि स्थित क्यान्सर अस्पताल पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य उपचारमा सरकारी सहयोग उपलब्ध गराउन पहल गर्ने बताएको सचिवालयले जनाएको छ।

सन् १९७३ मा तामाङले सगरमाथाको आरोहण गरेका थिए। सिन्धुपाल्चोक घर भएका तामाङ महाराजगञ्ज बस्छन्।

प्रकाशित मिति : २०७९, १२ असार आइतबार ००:००  ११ : ०९ बजे