२०८२, २४ माघ शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको चिरायु अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव



काठमाडौं बसुन्धरास्थित चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।

उपचारका लागि अस्पताल भर्ना भएका ७० वर्षीय सुरज ढुंगानाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालविरूद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् । सुरज पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

चिकित्सकको लापरबाहीका कारण सुरजको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले नाराबाजी गरेका हुन् ।

अस्पतालमा तनाव सृजना भएपछि शनिबार साँझ प्रहरी, अस्पताल र मृतकका आफन्तबीच सहमतिको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७९, १२ असार आइतबार ००:००  ११ : २१ बजे