२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

आज संक्रमण पुष्टि हुनेमा ७१ महिला २४५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । आज डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन् । योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार ००:००  १२ : २७ बजे