२०८२, ९ श्रावण बिहीबार | Fri Jul 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूल्यवृद्धि नियन्त्रण नगरे मन्त्रीलाई जनकारबाही गर्ने एकीकृत माओवादीको घोषणा



काठमाडौं। नेकपा एकीकृत माओवादलले मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरूलाई जनकारबाही गर्ने घोषणा गरेको छ । शनिबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर एकीकृत माओवादीले मन्त्रीहरूसँगै नेपाल आयल निगमका कार्यकारी निर्देशक, कृत्रिम अभाव सिर्जना गर्ने बिचौलिया, भ्रष्टाचारीलाई जनकारबाही घोषणा गरेको हो ।

एकीकृत माओवादीका अध्यक्ष माणिक लामाले आफ्नो पार्टीले महँगी, कालोबजारी, बलात्कारी, मिटर ब्याज नियन्त्रण गर्न सरकारसँग माग गरेको जानकारी दिए । उनले जनताको दैनिक जीवनसँग जोडिएका मागहरू आफूहरूले उठाएको भन्दै पूरा गर्न आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा एमसीसी सरकारले जबरजस्त संसद्बाट पास गरेर राजपत्रमा प्रकाशित गरेको बताउँदै राष्ट्रहितमा नभएको भन्दै लागु नगर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै, आफ्नो पार्टीसहितको चौतर्फी विरोधका कारण सरकार एसपीपीबाट सरकार पछि हटेको बताउँदै विरोध मत्थर भएपछि पुनः लागु गर्न सक्ने भन्दै खबरदारी राखी राख्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । उसले जनतालाई खबरदारीमा उत्रिन अपिल समेत गरेको छ ।

त्यसैगरी माओवादीले नेपाली नागरिकको गोपनीयता, राष्ट्रिय स्वाधीनता, नेपाली आर्ट मजदुरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै, बढ्दै गएको भ्रष्टाचार, यौन हिंसाका घटना, मिटर ब्याजीविरुद्ध कडा कदम चाल्न समेत सरकारसँग माग गरेको बताउँदै प्रवक्ता शाहीले बेवास्ता गरे बाध्य भएर जनकारबाही गर्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति : २०७९, १२ असार आइतबार ००:००  १२ : ३३ बजे