२०८२, १६ चैत्र सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु



काठमाडौं। धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा पौडि खेल्ने क्रममा उनीहरूको डुबेर ज्यान गएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बालकको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएकोमा अस्पतालले उनीहरूलाई मृत घोषित गरेको थियो । उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णिम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए । सन्देश भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पौडी खेल्न पोखरी छिरेका साथीहरू बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए । घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २०७९, १२ असार आइतबार ००:००  १२ : ५८ बजे