२०८३, ६ असार शनिबार | Sat Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध



काठमाडौं। प्रमुख प्रतिपक्ष नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरुलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।

एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेशसभा अवरुद्ध गर्ने निर्णय गरेको हो ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।

प्रकाशित मिति : २०७९, १२ असार आइतबार ००:००  ३ : ०८ बजे