२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभाग अगाडि ट्याक्सी छोडिदिने व्यवसायीको निणर्य



काठमाडौं । ट्याक्सी व्यवसायी र चालकहरुले यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी छोड्ने निणर्य गरेका छन् । ट्याक्सी चलाउन पाउनु पर्ने माग सहित प्रर्दशनमा उत्रिएका उनीहरुले ट्याक्सी विभाग अगाडि नै पार्किङ गर्ने निर्णय गरेका हुन् ।

सरकारले व्यवसायीको माग सम्बोधन नगरेको कारण विभाग अगाडि पार्किङ गर्ने निणर्य गरिएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय सदस्य दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

हाल विभाग अगाडि करिव ४ सय ५० ट्याक्सी रहेको र बुधबारबाट अन्य चालकले पनि ट्याक्सी विभाग अगाडि ल्याउने श्रेष्ठले बताए । यसअघि ट्याक्सी चलाउन पर्ने मागसहित ट्याक्सी व्यवसायी र चालकले यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई ज्ञापन पत्र बुझाएका थिए । मागको सुनुवाई नभएपछि उनीहरुले यातायात व्यवस्था विभाग घेराउ गरी नारा बाजी गरेका हुन् ।

सम्बन्धित समाचार

https://onlinesarokar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%b8%e0%a4%af-%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d/

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार ००:००  २ : १२ बजे