२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा बुधबार थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण्मा११७ महिला र ३६५ जना पुरुष गरी उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका संक्रमितमध्ये काठमाडौंका १० जना, भक्तपुरका २ जना र ललितपुरका ५ जना रहेको जानकारी दिए ।
बुधबार थप १ हजार ४ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमितमध्ये ४ हजार ६५६ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने ९ हजार ३६० जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ४८ हजार ३६२ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म २ लाख ३३ हजार २२७ वटा नमुना पिसिआर विधिबाट परीक्षण भएको छ ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार ००:००  १० : ५९ बजे