२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता सम्वन्धी पत्रकारिता तालिम सुरु



काठमाडौँ । पत्रकार आचार संहिता र निर्वाचन  आचारसंहितासम्वन्धी दुई हप्ते अनलाइन  पत्रकारिता तालिम सोमवारदेखि सुरु भएको छ ।

प्रेस काउन्सिल नेपालसँगको सहकार्यमा नेपाल प्रेस इन्सिच्युटको संयोजनमा सञ्चालन
भएको तालिमको गुगल मिटमार्फत एक कार्यक्रमकाबिच  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले उद्घाटन गरेका हुन्  ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारलाई पत्रकार  आचारसंहितासम्वन्धी
ज्ञान हुनु आवश्यक रहेको बताए  । पछिल्लो समय पत्रकार आचारसंहिता उल्लङ्घनको
घटना बढेको छ, यो तालिमले आचारसंहिता उल्लङ्घनका घटनामा कमी ल्याउन सहयोग पुग्नेछ,’ उनले भने   । उद्घाटन कार्यक्रममा प्रेस काउन्सिलका मुख्य अधिकृत
झविन्द्र भुसाल, नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण उप्रेती र पूर्वअध्यक्ष तीर्थ
कोइरालाले मन्तव्य राखेका थिए  ।

तालिमका संयोजक कपिल काफ्लेले तालिमले पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता उल्लंघन नहुने गरी समाचार, आलेख तथा फिचर उत्पादन गर्न सहयोग पुग्ने बताए ।
तालिममा दुई दशकभन्दा लामो सयदेखि पत्रकारिता तथा तालिममा सक्रिय प्रशिक्षकहरूबाट प्रशिक्षण गराएको उनले बताए । 

तालिमको पहिलो दिन समाचार लेखन, शैलीबारे प्रशिक्षण गराइएको थियो । कार्यक्रमका
संयोजक काफ्लेले प्रशिक्षार्थीलाई समाचारको लेखन शीर्षक, बाइलाइन, डेटलाइन,
लिड, स्रोतका बारेमा जानकारी गराउनुभएको थियो ।

असार २४ गतेसम्म चल्ने तालिम दैनिक ४ घण्टा सञ्चालन हुनेछ । तालिमको पहिलो दिन
देशैभरबाट १५ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९, १४ असार मंगलबार ००:००  १२ : ०८ बजे