२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाका कारण पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध



पाल्पा । गएरातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धवाबा क्षेत्रमा पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध भएको हो । सडकमा लेदोसहित ढुङ्गा खसेको प्रहरीले जनाएको छ ।

रातिदेखि निरन्तर वर्षा भएका कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार दोभान प्रहरी चेक पोष्टदेखि चिडियाखोलासम्म आधा दर्जन स्थानमा ढुङ्गा र पहिरो खसेको छ । सडक अवरूद्ध हुँदा पाल्पादेखि बुटवल र बुटवलबाट पाल्पातर्फ सयौँ सवारीसाधन बाटोमा रोकिएका छन् ।

प्रकाशित मिति : २०७९, १४ असार मंगलबार ००:००  १२ : ५२ बजे