२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
असार १३ गते श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि वयलपाटा अस्पताल लगिएको थियो । उनी मधुमेहका बिरामी रहेको बताइएको थियो ।

उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते कोरोना पुष्टि भएको छ । बिरामीसँगै कुरुवा रहेका दुईजनाको भने कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

हालसम्म देशभर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार ००:००  ११ : १२ बजे