२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाइन जुवा खेल्ने ११ जना पक्राउ



 मकवानपुर प्रहरीले हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरी गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाको २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १०थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार, कुलदीप पाठक भने हाल फरार छन् । उनको खोजी गर्नुका साथै उक्त घटनाका बारेमा आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : २०७९, १४ असार मंगलबार ००:००  ५ : ३३ बजे