२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी पुनं दुई दिन रोकिने



काठमाडौं ।   काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्या नभएको महानगरको भनाइ छ ।

आज र भोलि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्न लागेकोले फोहोर ढुवानी रोकिने भएको छ । केही ठाउँमा फोहोर संकलन पनि रोकिन सक्छ, मेयरको सचिवालयले भन्यो । काठमाडों महानगरका अनुसार प्रत्येक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ । बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १४ असार मंगलबार ००:००  ६ : ०३ बजे