२०८१, १८ पुस बिहीबार | Thu Jan 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मल अभाव हुनुमा ठेकदार दोषी : कृषि मन्त्री यादव



काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताए ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।


मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  ११ : ५१ बजे