२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेजु अर्यालको गजल गीत “जमेको दिल” सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गजलकार डा. घनश्याम परिश्रमीको गीति गजल ‘जमेको दिल’ सार्वजनिक भएको छ  । गायक तथा संगीतकार तेजु अर्यालको श्वर र संगीत रहेको ‘जमेको दिल’ बुधबार काठमाडौंमा एक कार्यक्रम विच सार्वजनिक भएको हो ।

साहित्यकार डा. घनश्याम परिश्रमीको जन्मदिनको अवसर पारेर गजल सार्वजनिक गरिएको कलाकार अर्यालले बताए । गजल परिश्रमीको गजल संग्रह ‘जुनको चुम्मन’ बाट लिईएको हो ।

आधुनिक साहित्यिक परिषद्को आयोजना रहेको उक्त कार्यक्रम शैलेन्द्र प्रकाश नेपालको प्रमुख आतिथ्य र साहित्यकार मुरलीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा दर्जनौं साहित्यप्रेमीहरूले गजल वाचन समेत गरेका थिए ।

गीत कलाकार तेजु अर्याल युट्युव मार्फत सार्वजनिक भएको हो ।

हेर्नुहोस् भिडियो:

https://www.youtube.com/watch?v=Mp6Kr5CyIOA

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  २ : ३० बजे