२०८३, २७ बैशाख आइतबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकमा धान रोपेर सुनवलका स्थानीयले मनाए धान दिवस




पश्चिम नवलपरासी । “१९ औं” राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रम गरि देशभर मनाइँदै छ। यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने  नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ। असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापा छ्याप गर्दै आज धान रोप्ने चलन छ देशैभरका किसानहरू खेतमा धान रोप्न व्यस्त छन ।


तर पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने पश्चिम नवलपरासीको सुनवल १२ भुमहिका स्थानीयले भने सडकमा धान रोपेर धान दिवस मनाएका छन्। नारायणगढ – बुटवल सडकखण्डको मर्मत कार्य ढिला भएका कारण घाम लागेको समयमा धुलो र पानी आउदा हिलो हुने समस्याले  दैनिक जीवन स्तर कष्टकर बन्दै गएको भन्दै विरोध स्वरुप सडकमा धान रोपेको स्थानीय बताउँछन्। 

एक त ढलको उचित निकास छैन सडकमा जताततै खाल्डा – खुल्डी छ।  दैनिक आवतजावत गर्ने सवारी साधन समेत जोखिम मोलेर साधन चलाउनु पर्ने अवस्था भएपनि  ठेकेदारको ढिला सुस्तीले मर्मत कार्य ढिला भएको स्थानियहरुले   बताउँछन्  ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  ३ : १४ बजे