२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेटियो एउटै नम्बरका दुई मोटरसाइकल



काठमाडौँ : कठमाडौँ गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ । बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो ।

तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए ।

उनले भने,‘खोजीकार्य गरेपछि सक्कली नम्बरको बाइक फेला पारेका छौँ,नक्कली बाइकको खोजी भइरहेको छ । बाइक नम्बर कसरी मिल्यो भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने उनले बताए ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  ३ : ३३ बजे