२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग



काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । गएरातीबाट लागु हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दैलकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

नेविसंघले महामारीको समयमा सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै यसको विरोध गरेको छ । गएरातीबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ वृद्धि भएको थियो । नेविसंघले वृद्धि भएको रकम नघटाए निर्णायक संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च बढ्ने र त्यसले उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने नेविसंघको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मल्हम लगाउनुको साटो नुनचुक छर्किएको नेविसंघको आरोप छ ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार ००:००  ११ : ४५ बजे