काठमाडौं । देशभर करिब ८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
कृषि विभागका अनुसार मंगलबारसम्म उक्त क्षेत्रफलमा धान रोपाइँ भएको हो । असार मसान्तसम्म रोपाइँ सकिने विभागले जनाएको छ ।
विभागका अनुसार देशभर १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।