काठमाडौं । गौशालामा नवजात शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पशुपति मन्दिर परिसरको शौचालय नजिकै शव फेला परेको हो ।
शव केहीदिनअघि गाडेको र बुधवार उत्रेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।