२०८१, ३० कार्तिक शुक्रबार | Fri Nov 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल – नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा



काठमाडौं। बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल(नारायणगढ सडकखण्ड आजबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

पूर्वपश्चिम राजमार्गको नवलपरासीको डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि सो सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको हो ।

मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।

डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान शुरु गरेका छन् ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  ११ : १६ बजे