२०८२, ७ असार शनिबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षा र नरेनको ‘बुलाकी’ कात्तिक १८ मा



काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ कात्तिक १८ गतेदेखि प्रदर्शन हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले बुधबार प्रदर्शन मिति तय गरेको हो ।

पोस्टरमा सुरक्षालाई हँसिया, डोको बोकेको गाउँले युवतीको चरित्रमा देख्न सकिन्छ । अभिनेता खड्का र विराज विष्ट पनि पोस्टरमा चित्रित छन् ।

राजबहादुर सानेको पटकथा तथा संवाद रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । डोल्पामा छायांकन गरिएको फिल्मले अर्काकी श्रीमती भगाउने पुरुषबाट उठाउने आर्थिक हिसाब जारीको कथावस्तु र त्यसको सामाजिक असरलाई चित्रण गर्छ ।

फिल्मले नेपाली समाजको अर्गानिक कथावस्तुलाई चित्रण गर्ने निर्देशक सुनारले बताए ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  ११ : २२ बजे