२०८२, ८ चैत्र आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने



काठमाडौँ  । आगामी ३ दिनसम्म प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखामा जनाएको छ।

महाशाखाका अनुसार शनिबारसम्म कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहनेछ।

यी मध्ये केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज मधेश प्रदेशको धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा, बागमती प्रदेशको धादिङ र चितवन, गण्डकी प्रदेशको गोरखा, स्याङ्जा, पर्वत र बागलुङ, लुम्बिनी प्रदेशको कपिलबस्तु, दाङ, बाँके र बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला र आसपास भएर बग्ने स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  १२ : ३९ बजे