२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव समयमै गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्  ।

६४ औँ संसद् दिवसको अवसरमा  बिहीवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पालिका चुनाव स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न भएको दाबी गर्दै अब प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्  । उनले देशको  हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरेका छन्  ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवधिक चुनावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाललाई विकसित र समुन्नत देशको  रूपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका छन्   ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  २ : २३ बजे