२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हैजा के हो, कसरी लाग्छ ?



काठमाडौँ ।  यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ ।

यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ ।

लक्षणहरू

संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :

– निरन्तर अधिक पातालो दिसा लाग्नु

– पटकपटक वान्ता आउनु

– पेट वा खुट्टाको मासपेशी बाउडिनु

– आँखा गढ्नु, छाला चाउरी पर्नु

– धेरै तिर्खा र थाकान लाग्नु

– धेरै कमजोरीका कारण वेहोस हुनु

रोकथामका उपाय

– सरसफाइमा ध्यान दिने

– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने

– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने

– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने

– सकेसम्म उमालेको पानी पिउने

– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने

– पानीको मुहान सफा राख्ने

– शौचालयमा मात्र दिसापिसाब गर्ने

उपचार

– पुनर्जलीय झोलको सेवन गर्ने

– चिकित्सकको परामर्श लिने

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  २ : ४३ बजे