२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ वर्षीया र १३ वर्षीया किशोरी बलात्कृत



काठमाडौँ ।  मुस्ताङमा १६ वर्षीया र कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत भएका छन् ।

प्रहरीका अनुसार मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।

ती किशोरीलाई ललाइ–फकाइ आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  ३ : ३५ बजे