२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै समूहको सेयर बढेर बजार हरियो



काठमाडौँ ।   बिहीबार सेयर बजार ७४.९३ अंकले बृद्धि भएको छ । हिजो बुधबार साढे ४१ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ । आज सबै समूहको सेयर बढेर बजार हरियो देखिएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । २२७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता सेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २०७९, १६ असार बिहीबार ००:००  ४ : १२ बजे