२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानमाथिको फुटबल प्रतिबन्ध फुकुवा



काठमाडौँ: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ ।

फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो । फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको थियो । तर, फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो ।

फिफाले गठन गरेको नर्मलाइजेसन कमिटीले पीएफएफ पूर्ण रुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाईएको जनाएको छ । यस्तै फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएको फेरि प्रतिबन्ध गरिने जनाएको छ ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  ११ : २० बजे