२०८१, १ चैत्र शनिबार | Sat Mar 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम अस्पतालमा सिकलसेल रोगको उपचार गर्ने तयारी



भैरहवा। नेपालको तराई भेगमा थारू समुदायमा सिकल सेल तथा थालसेमिया रोग लाग्ने लक्ष्मण देखा परेको पाइएको छ । अधिकांश थारू समुदायमा यो रोग लाग्ने गरेको देखिन्छ। सिकल सेल नेपालको तथ्याङ्क अनुसार ६ सय ३० जानमा यो रोग रहेको देखिएको छ । 


भैरहवाको जनस्वास्थ्य विभागमा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धित तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिकलसेलका जानकारले सिकलसिल बारे लक्षण, सिकल सेलका पत्ता लगाउने परिक्षण, सिकलसेल रोगको उपचार ,बच्ने उपायहरू र रोकथाम बारे पत्रकारहरू जानकारी गराइएको थियो। कार्यक्रम भैरहवा जनस्वास्थ्य विभागको कार्यालय भएको थियो।

भैरहवा जनस्वास्थ्य कार्यलयका प्रमुखले आज सिकल सेल चेकअफको लागि भीम अस्पतालमा नयाँ मेसिन आँउदै गरेको बताए। उक्त मेसिन सुचारु भए लगातै रूपन्देही आसपास र तराई भेगमा बस्ने थारू समुदाय तथा अन्य समुदायको लागि परिक्षण गरिने बताए । सिकल सेल प्राय जसो थारू समुदायमा देखिने भएको हुँदा थारू समुदायको टोलमा गइ परिक्षण गरिने भएको छ । यसैगरी सूचना र सन्चार मध्यमबाट काम गर्दिए हामीलाई काम गर्न सहजीकरण हुने बताएका थिए। यसैगरी लुम्बिनीको प्रदेशीका अस्पतालमा निशुल्क उपचार भै रहेको जानकारी दिएका थिए।
 

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  १ : २० बजे