काठमाडौं । नेपालमा थप ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै सङ्क्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार, पछिल्लो २४ घण्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका १७ महिला र ११ पुरुष, भक्तपुरका २, ललितपुरका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म ५ हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।