काठमाडौँ: नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ४ सय ६७ पिसिआर परिक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृन्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् ।
हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।