२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“६ महिनादेखि १ वर्षभित्र विद्युतका पोल हटाउँदैछौँ” : निर्देशक घिसिङ



काठमाडौं । आगामी ६ महिनादेखि काठमाडौंमा विद्युतको पोल र इन्टरनेटका तार हटाउन सुरु गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

शुक्रबार इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा आयोजित कार्यक्रममा एक वर्षभित्र विद्युतको पोल र इन्टनेरट तार हटाउन सुरु गरिने कार्यकारी निर्देशक घिसिङले बताएका हुन् ।

निर्देशक घिसिङले भने, ‘६ महिनादेखि १ वर्षभित्र हामी विद्युतका पोल हटाउँदैछौँ । त्यसपछि गम्भीर समस्या समस्या आउनसक्छ, तपाईंहरु प्राधिकरणले भूमिगत लाइनसँगै बिछ्याइएको फाइबर प्रयोग गरेर सेवा दिन सक्नुहन्छ ।’

विद्युत् पोल भाडाबारे विवाद झिक्न नहुने पनि उनले बताएका छन् । यस विषयमा सेवा प्रदायकसँग बसेर भाडा विषयमा छलफल गरेर सबै मिलेर समस्याको समाधान गर्नुपर्ने उनले बताए ।

उनका अनुसार अब विद्युत् प्राधिरकण दूरसञ्चार पूर्वाधार कम्पनीको लाइसेन्स लिन पनि तयार रहेको छ । यसतर्फ तयार रहेको बताउँदै निर्देशक घिसिङले आफूहरुका लागि दूरसञ्चार सेवाको पूर्वाधारको व्यापार ज्यादै न्यून हिस्सा मात्रै भएको पनि बताए ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  ५ : २२ बजे