२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते



बुटवल । पाल्पाको अर्घलीमा टिप्पर दुर्घटना हुँदा टिप्पर चालक गम्भीर घाइते भएका छन् । गुल्मीबाट तानसेन तर्फ आईरहेको लु २ ख १३५३ नम्बरको टिप्पर पाल्पा तानसेन नगरपालिका १४ कमलपोखरीमा सडकबाट ३०० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खोलामा टिप्पर खस्दा टिप्पर चालक गुल्मी छत्रकोट ४ का शंकर पन्त गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले बताए ।

घाइते चालकको उपचारका लागि पाल्पा तानसेन स्थित मिशन अस्पतालमा पठाइएको डीएसपी खाँणले बताए ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  ५ : ३१ बजे