२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट ४७ दिने शिशुको मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक शिशुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार म्याग्दीको धौलागिरी नगरपालिका ४ स्थायी ठेगाना भएका ४९ दिनका एक शिशुको मृत्यु भएको हो ।

ती शिशुको असार १७ गते साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्युपछि बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको गौतमले पृष्टि गरेका छन् । असार ९ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई लामो समयदेखि आइसोलेसनमा राखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यससँगै देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार ००:००  ११ : ०८ बजे