२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले बेनी- जोमसोम सडक अवरुद्ध



म्याग्दी :   मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शनिबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सस्मानामा पर्ने काभ्रेभिरमा गए राति पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडकको बीचमा ठूलो ढुंगा खसेर अवरोध भएको बताए ।

‘सडक खुलाउने काम भइरहेको छ’, उनले भने । सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीको डोजर परिचालन गरे पनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुंगा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २०७९, १८ असार शनिबार ००:००  १२ : ३८ बजे