२०८२, ७ असार शनिबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो ।

शुक्रबार बजार घटेर बन्द भएको थियो । पछिल्लो केही दिनयता कारोबार रकम समेत बढिरहेको छ । शुक्रबारजस्तै आइतबार कारोबार रकम समेत साढे २ अर्ब पुगेको छ । आइतबार कुल २३१ वटा कम्पनीको ४५ हजार १२० वटा कारोबारबाट ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली देखियो । व्यापार र जलविद्युत् उपसमुहका लगानीकर्ताले धेरै कमाए ।

आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेज जलविद्युत्, नेष्डो समृद्धि लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रसुवागढी हाइड्रो, मध्यभोटेकोशी, कर्पोरेट डेभलपमेन्ट बैंकसहितको मूल्य समेत सर्किट लेबलमा बढेको छ ।

आइतबार बीओके डिभेन्चर, ङ्याग्दी ग्रुप पावरको मूल्य धेरै घटेको छ । यस दिन ङ्याग्दी ग्रुपको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रकाशित मिति : २०७९, १९ असार आइतबार ००:००  ३ : ३७ बजे