२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको समर्थनमा प्रर्दशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरूले प्रदर्शन गरेका छन् । ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै बिहीबार काठमाडौंके माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरु सडकमा उत्रिएका हुन् । ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

स्वतन्त्र रूपमा भेला भएको भनिएको उक्त प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाएका थिए । कोरोना महामारीमा देश लडिरहेका बेला सरकारविरूद्ध आन्दोलन गर्न नहुने उनीहरूको भनाई छ । ओलीको सरकार ढालेर अर्कोलाई प्रधानमन्त्री बनाएर देशका समस्या समाधान नहुने उनीहरुको भनाई छ ।

यस्तै, प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा पनि प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा मागिएको भन्दै ओलीका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार ००:००  १ : १४ बजे