काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी (जसपा)का तीन जनालाई मन्त्री नियुक्त गरेकी छन् ।
भौतिक पूर्वाधार मन्त्रीमा इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्र सिंह नियुक्त भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाका उनीहरूलाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जसपाले सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । उनीहरूको शपथ सोमवार अपरान्ह साढे ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महेन्द्र यादव र वन मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाइएको छ ।

