रेशम अधिकारी, रुपन्देही । देवदह नगरपालिकाको सहयोग र साहित्य क्षेत्रमा क्रियाशिल देवदहका तीन संस्था को आयोजनामा कविता लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अनुराग, युगीन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा देवदहका बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे जानकारी दिन प्रशिक्षण दिइएको हो ।
विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता र प्रतिभालाई वृद्धि गर्न प्रशिक्षण दिइएको युगीन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाले बताए ।
विद्यार्थीहरुमा कविता लेखनको सीप विकास गर्न तथा बिद्यार्थीलाई कविता लेख्ने तरिकाबारे जानकारी दिन प्रशिक्षण दिइएको अनुराग साहित्य समाजका बरिस्ठ उपाध्यक्ष राजु अर्याल अबिरले भने ।
प्रशिक्षणमा कवि कविराज पौडेलले कविता लेखनको विषयमा कक्षा सञ्चालन गरेका थिए । सो क्रममा उनले विद्यार्थीले कविता लेख्नुका महत्व, तरिका र कारणबारेमा बताए । कार्यक्रममा रामचन्द्र श्रेष्ठमले जीवन र साहित्य दर्शनको बारे सहजीकरण गरेका थीए ।
युगीन साहित्य समाजका सल्लाहकार यज्ञ प्रसाद न्यौपानेले कविता लेखन र पठनले विद्यार्थीलाई अध्ययनशीलमात्र नभएर विद्यार्थीको सोच्ने शक्तिमा विकास गर्न सहयोग पुग्ने बताए ।

प्रशिक्षण कार्यक्रममा १२ बिद्यालयका १३२ विद्यार्थी सहभागी भएका थीए । दुई दिने साहित्य कार्यक्रम अन्तर्गत भोलि गजलकार बुँद राना, गणेश खनाल कवि डा. श्यामप्रसाद न्यौपाने, विनोद उदय, यज्ञप्रसाद न्यौपाने दिपक, श्याम न्यौपाने, सागर भट्टराई र मुक्तककार सरस्वती बस्याल लगायतको विशेष रचना वाचन कार्यक्रम रहेको आयोजले जनाएको छ ।

