२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्यानमको भालुखोला आम्बोटे सडक स्तरोन्नति



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ८ च्यानम स्थित भालुखोला दमाईगाउँ आम्बोटे सडक स्तरोन्नति गरिएको छ । प्रदेश सांसद मोहनकुमार खड्काको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ५ लाख बजेटबाट उक्त सडक स्तरोन्नति गरिएको हो ।

स्थानीयको मागका आधारमा बजेट प्राप्त भएपछि लकडाउनकै समयमा पनि स्थानीय स्रोत साधन र जनशक्ति प्रयोग गरेर काम गरिएको भालुखोला, दमाई गाउँ आम्बोटे सडक मर्मत उपभोक्ता समिति अध्यक्ष सन्तोष कुमार बस्नेतले जानकारी दिए । ‘प्रदेश सांसदबाट आएको बजेटबाट सोलिङ, टनिङ र वाल निर्माण सहितका काम गरेर गाउँमा सडक स्तरोन्नति गर्नेकाम सकियो ।’ अध्यक्ष बस्नेतले भने, ‘संघ र प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिको पहलमा गाउँका सबै सडक मर्मत तथा स्तरोन्नति हुनेछन् र बाह्रै महिना सहज सवारी चलाउन मिल्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’ सडक स्तरोेन्नति गरिएपछि उक्त सडकमा सवारी चलाउन सहज भएको जनाईएको छ ।

समाजसेवी सन्तोष कुमार बस्नेत र स्थानीय यमचन्द्र कट्वालले उक्त योजनाका लागि पहल गरेका थिए । ‘जनताको माग अनुसार हामीले पहल गरेका थियौं । माननीयबाट थोरै भए पनि सम्बोधन भयो । प्राप्त बजेटबाट स्थानीय सँगको साझेदारीमा काम गरियो ।’ उपभोक्ता समिति अध्यक्ष बस्नेतले भने ।
विगतमा सडक स्तरोन्नतिका लागि पनि डोजरको प्रयोग हुने गरेपनि उक्त काममा स्थानीय श्रमिकलाई अवसर दिईएको थियो । लकडाउनका कारण गाउँमा बसेका युवाहरुले रोजगारी समेत पाएको स्थानीय बुद्धिबहादुर बस्नेतले बताए । उनले भने, ‘गाउँको विकास पनि भयो । धेरथोर रोजगारी पनि पाईयो ।’
सांसद खड्काले च्यानम स्थित बेसि सहारा विद्युत आयोजनाका लागि समेत ५ लाख रकम विनियोजन गरेका थिए । उक्त रकमबाट विद्युतको पोल खरिद गरिने जनाईएको छ ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार ००:००  ५ : ३५ बजे