२०८१, १९ पुस शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवदहको पुलको शिलालेख गायब, पूर्वाधार मन्त्री यादवले गरेका थिए उद्घाटन




देवदह ।  देवदह ८ को बंगाली खोलामा भर्खरै निर्माण भएको पुलको शिलालेख उद्घाटन भएसँगै गायब भएको छ ।  

सडक पूर्वाधार विकास कार्यालयको आयोजनामा लुम्बिनी प्रदेशका भौतिक विकास पूर्वाधार मन्त्री सहसराम यादवले नव निर्मित पुलको उद्घाटन गरेका थिए। तर पुल उद्घाटन गरेको २ दिन नबित्दै मन्त्री यादवको नाम सहितको शिलालेख गायब भएको हो। 

करिब ४ करोड १५ लाख बजेटमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रम अन्तर्गत निर्माण सुरु भएको देवदह ८ बंगाली देखि देवदह  ४ देविदमार जोड्ने पक्की पुल निर्माण सम्पन्न भैसके पछि उद्घाटन गर्ने क्रममा समन्वय हुन नसक्दा चर्चाको विषय बनेको थियो ।

यता प्रदेश सांसद डाक्टर कृष्ण न्यौपानेले साउन १० गते भएको पुल उद्घाटन कार्यक्रमकामा  आमन्त्रण गरेर आफू नपुग्दै   कार्यक्रम सकिएको जानकारी पाएको भन्दै सामाजिक सञ्जालमा  असन्तुष्टि पोखेका थिए। पुल उद्घाटन भैसकेपछि डा. न्यौपानेले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गरे । जसमा उनले लेखेका थीए ; “मैले पहल गरेर बङ्गाली पुल निर्माण भएको कुरा सबैलाइ सर्वबिदितनै छ । तर आज उद्घाटन गर्दा मलाइ ३ बजे बोलाएर म सोही समयमा पुग्दा कार्यक्रम समापन भैसकेको जानकारी प्राप्त हुनु कस्तो बिड्म्बना हो ? 

देवदह प्रहरी चौकीका इन्चार्ज  गंगा सारुले आफुलाई नत्  पुलको उद्घाटनबारे थाहा भएको नत  शिलालेख हराएको बारे जानकारी भएको बताए । 

प्रकाशित मिति : २०७९, १३ श्रावण शुक्रबार ००:००  १० : २७ बजे