२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुर्मीमा होल्डिङ सेन्टर राख्न मुख्यमन्त्रीलाई राज्यमन्त्री र सांसदहरुको माग



पूर्णप्रसाद न्याैपाने

काठमाडाैं । माथिल्लो सगरमाथा क्षेत्रका जिल्लालाई लक्षित गरेर उदयपुरको घुर्मीमा होल्डिङ सेन्टर स्थापना गर्न प्रदेश १ का मुख्यमन्त्रीलाई यसक्षेत्रका सांसदहरुले माग गरेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहेका ओखढुंगाका सांसद अम्बिरबाबु गुरुङ, अर्थ समिति सभापति मोहन खड्का सहित ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरका प्रदेश सांसदहरुले घुर्मीमा होल्डिङ सेन्टर र कोरोना अस्पताल सञ्चालन गर्न माग गरेका हुन् । 

सांसदहरुले पूर्वी पहाडका ओखलढुंगा, सोलुखुम्बु र खोटाङ तथा उदयपुरको पूर्वी भेगका लागि छुट्टै होल्डिङ सेन्टर आवश्यक रहेको भन्दै मुख्यमन्त्रीलाई माग पत्र समेत बुझाएका छन् ।

अहिले प्रदेश १ मा सुनसरीको चतारामा एक मात्र होल्डिङ सेन्टर छ । पहाडका जिल्लामा आउने नागरिकलाई अपायक परेकाले घुर्मीमा होल्डिङ सेन्टर राख्न पहल गरिएको राज्यमन्त्री अम्बिरबाबु गुरुङले बताए । ‘विदेशका विभिन्न मुलुक र  छिमेकी देश भारतबाट आएकाहरु पहिला त काठमाडौमा पुग्छन् त्यहाँबाट चतरा ल्याएर फेरि जिल्ला लैजाने विषय साह्रै असजिलो हुने भएकाले पायक पर्ने ठाउँमा यसको व्यवस्थापन गर्न लागिपरेका छौं ।’ उनले भने, ‘त्यस क्षेत्रका जनताको भावना अनुसार पहल गरिएको छ । फेरि काम गर्ने पनि हामीले नै हो, त्यसैले प्रदेश सरकार सहज सेवा र स्वास्थ्य सुरक्षामा संवेदनशिल छ । आवश्यक योजना बनाएर काम गर्ने हाम्रो तयारी छ ।’ सांसदहरुले बुझाएको पत्रमा भारत लगायत विदेशबाट आउने नागरिकहरुलाई कोरोना परिक्षण तथा घरसम्म लैजानका लागि छुट्टै होल्डिङ सेन्टर आवश्यक रहेको उल्लेख गरेका छन् । पूर्वी भेगका नागरिकका लागि उपयुक्त ठाउँमा कोरोना अस्पताल राख्न पनि माग गरिएको छ । 

राज्यमन्त्री र सांसदहरुको मागप्रति मुख्यमन्त्री शेरधन राईले चासो देखाएका छन् । त्यसक्षेत्रमा छुट्टै होल्डिङ सेन्टर सञ्चालनका लागि प्रदेश सरकारले समन्वय गर्ने आश्वासन दिएका छन् । माग कार्यन्वयनमा लैजान मुख्यमन्त्री राईले मुख्य सचिवलाई निर्देशन दिएका छन् ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले यसक्षेत्रमा होल्डिङ सेन्टर र संक्रमितलाई राखेर उपचार गराउने अस्पताल सञ्चालन भए निकै सहज हुने बताए । चतरामा होल्डिङ सेन्टरबाट लामो समय यात्रा गरेर जिल्ला ल्याउँदा थप जोखिम हुने भएकाले यस क्षेत्रमा होल्डिङ सेन्टर र संक्रमितलाई सामान्य उपचारका लागि समेत जनशक्ति र ठाउँको व्यवस्थापन भए कोरोना विरुद्धको अभियानमा जुट्न सहज हुने उनको भनाई छ । नयाँ व्यक्तिलाई होल्डिङ सेन्टरमा राख्न सुनसरीको चतरा लैजानुपर्ने र संक्रमित भेटिए कोभिड अस्पताल विराटनगर पु¥याउनु पर्ने यस क्षेत्रको बाध्यता छ ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार ००:००  ४ : ४६ बजे