२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्चीमा ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाईने



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । बाझो जमिनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्सान गर्न यो अभियान चलाउने भएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । कृषि तथा पशु विकासका लागि एकिकृत सेवा केन्द्र मार्फत कृषकहरुलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, मेलम्ची नगरपालिका भित्र तरकारी,फलफुल तथा नगदेबाली उत्पादनको पकेटक्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्ने सहितका नीति लिईएको नगरप्रमुख डम्बरबहादुर अर्यालले बताए । नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी बागमती प्रदेश सरकारले अघि सारेको “कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्” भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानहरुलाई विउविजन, मलखाद आदि सहज रुपमा उपलव्ध गराउने व्यवस्था मिलाउने, नगरका मुख्य बजारमा कृषि उपज संकलन केन्द्र निर्माण गरी स्तरवृद्धि गर्ने,नगर भित्र रहेका बाँझो तथा सार्वजनिक जग्गाको तथ्याङ्क संकलन गरी उक्त जग्गामा कृषि सहकारी मार्फत, सामुहीक कृषि खेती गर्न प्रोत्साहन गर्ने, आधुनिक कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फर्म र फलफुल तथा तरकारीको नर्सरी स्थापना गर्ने सहितका महत्वकांक्षी योजनाहरु नगरपालिकाको नीतिमा समेटिएको छ ।

संघीय एवम् प्रदेश सरकारसँग आवश्यक समन्वय गरी एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गर्ने, कृषि बिमाको दायारालाई विस्तार गर्दै अनुदान लिने लाभग्राही कृषकहरुलाई कृषि बिमा अनिवार्य गर्ने लक्ष्य लिएको मेलम्ची नगरपालिकाले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई गाउँ फर्किएका युवालाई प्रोत्साहन गर्दै आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेशामा संलग्न गराउने नीति लिएको छ ।

मेलम्ची नगरपालिकाले कृषि पशु र पर्यटन सहित पूवार्धार विकासका कार्यलाई प्राथमितकामा राखेर बजेट ल्याएको छ ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार ००:००  ९ : ४२ बजे