२०८२, २८ असार शनिबार | Sat Jul 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले रामेछापमा फाँड्यो ठूलो परिमाणको गाँजा



रामेछाप ।  प्रहरीले रामेछापको खाँडादेवी र सुनापतिका विभिन्न स्थानमा हुर्केका गाँजा फँडानी गरेको छ । व्यावसायिक उत्पादनका लागि रोपेको नभई आफैं उम्रिएको गाँजा संरक्षण गरेको सूचनाको आधारमा प्रहरी गएर शुक्रबार ठूलो मात्रामा गाँजा फँडानी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार मात्र करिब चार हजार चार सय गाँजाका बोट फँडानी गरी नष्ट पारिएको छ । प्रहरी निरीक्षक तेजप्रसाद कडेलको नेतृत्वमा ३० जना प्रहरी परिचालन गरी साबिकको खाँडादेवी, माकादुम, पकरबास, राकाथुम, खनियापानी र बेथान गाविसमा एकैसाथ गाँजा फँडानी गरिएको हो ।
यसअघि पनि प्रहरीले विभिन्न स्थानमा उम्रिएका तर संरक्षणमा हुकाईएका गाँजा फँडानी गरी नष्ट पार्दै आएको छ ।

प्रकाशित मिति : २०७९, १४ श्रावण शनिबार ००:००  २ : १९ बजे