देवदह। शिक्षा मन्त्री देवेन्द्र पाैडेलले शिक्षा क्षेत्रकाे सुधार गर्न ऐनले नछेकेकाे बताएका छन ।
रूपन्देहीकाे देवदहमा केरवानी माविकाे भवन शिलान्यास तथा उद्घाटन कार्यक्रममा बाेल्दै शिक्षा ऐनले विद्यार्थीकाे क्षमता बृद्धि र विद्यालयकाे अवस्था सुधार गर्न कुनै समस्या नपारेकाे बताएका हुन ।
शिक्षा ऐन लागू हुने प्रक्रियामा रहेकाे उल्लेख गर्दै कानुन निर्माण गरेर मात्रै विद्यालय शिक्षा सुधार नहुने बताए । अब कस्ताे जनशक्ती उत्पादन गर्ने भन्ने बिषय शिक्षकहरूकाे काधमा रहेकाले शिक्षकहरू कक्षाकाेठामा बस्ने वातावरण निर्माण गर्नु पर्ने बताए ।
शिक्षकहरूलाई कक्षाकाेठामा भन्दा राजनितिमा सक्रिय हुने गरेकाे कुरा बारम्बार उठ्ने गरेकाे भन्दै कक्षाकाेठामा समय दिन आग्रह गरे । शिक्षा क्षेत्रकाे सुधारकाे प्रक्रिया सुरू भएकाले सबै उच्च शिक्षा, विद्यालय शिक्षा र आधाभुत शिक्षा गरेर क्रमश सुधार गरिने बताए ।
साेही कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्याैपानेले देवदह क्षेत्र बुद्घसंग सम्बन्धित क्षेत्र भएका कारण लुम्बिनी बाैध्द विश्वविद्यालय निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । उनले देवदह क्षेत्रका विद्यालयहरूकाे सुधारका लागि आफू लागिरहेकाे बताए ।